रुकुम पश्चिम- जिल्लाको चौरजहारी नगरपालिका ८ सोेतीमा शनिबार राति भएको घटनामा बेपत्ता ६ जनामध्ये एक जनाको शव भेटिएको छ।
चौरजहारीबाट २५ किलोमिटर तल फेरा खोला नजिक भेरीको किनारमा शव फेला परेको र शवको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जाजरकोटको भेरी नगरपालिका– ४ का गणेश विक, भेरी नगरपालिका वडा नम्वर ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका वडा नम्वर १ का टीकाराम सुनार वेपत्ता भएका छन्।
भेटिएको शव तीमध्ये एक जनाको हुनसक्ने प्रहरी नायव उपरीक्षक किशोर श्रेष्ठले बताए। उनले शवको पहिचान परिवारलाई देखाएपछि मात्र हुने बताए।
घटनापछि प्रहरी सम्पर्कमा गएका नगरपालिका– ४ का सुदीप खड्का गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
मृतकको हवको पोष्टमार्टमका लागि जिल्ला अस्पताल पुर्याइएको प्रहरीले जनाएको छ।