मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

क्वारेन्टाइनबाट भागेका ११ जना प्रहरी निगरानीमा

सरकारी निर्देशन अवज्ञा गरेर भागेर गाउँ पुगेका ११ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ।
 |  बुधबार, चैत १२, २०७६
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

सुर्खेत- सरकारी निर्देशन अवज्ञा गरेर भागेर गाउँ पुगेका ११ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ। उनीहरुलाई प्रहरी र गाउँपालिकाको निगरानीमा राखिएको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए।

triton college

उनीहरु केही समयअघि मजदुरीका लागि भारत गएका थिए। भारतमा कोरोना संक्रमण हुन थालेपछि फर्केका उनीहरुलाई नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा राखिएको थियो। तर उनीहरु क्वारेन्टाइनबाट भागेका थिए।

‘१४ दिनसम्म परिवारबाट टाढै बस्न आग्रह गरेका छौं। उनीहरुलाई प्रहरीले उनीहरुको निगरानी गरिरहेको छ। कोरोनाको लक्षण देखिए तत्काल क्वारेन्टाइनमा राखेर उपचार थाल्न जिल्ला अस्पताललाई निर्देशन दिएका छौं’ जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले भने, ‘जिल्लाबाट मजदुरीका लागि भारत गएकाहरु फर्केकाले केही दिन सचेत रहन परिवार, छिमेक र गाउलेहरुलाई निर्देशन दिएका छौं।'

सरकारी निर्देशन अवज्ञा गर्दै भागेर आएका उनीहरुलाई केही दिन परिवारको सम्पर्कबाहिरै बस्न र सेल्फ क्वारेन्टाइनमा रहन निर्देशन दिएको घर्तीले बताए।

प्रकाशित: Mar 25, 2020| 07:15 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।