शनिबार, पुस १२, २०८२

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री जिया जेलबाट रिहा

 |  बुधबार, चैत १२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, चैत १२, २०७६

बङ्गलादेशकी पूर्व प्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधवार रिहा गरिएको छ ।

National life

सरकारले उनलाई घरमै बस्ने र देशवाट बाहिरिन नपाउने शर्तमा छ महिनाका लागि जेलमुक्त गरेको बताएको छ । नेतृ जिया विगत दुई बर्षदेखि कारागारमा थिइन्। उनलाई बङ्गाबन्धु शेख मुजिब चिकित्सा विश्वविद्यालयको कैदी कक्षमा राखिएको थियो । उनका परिवार, शुभेच्छुक र पार्टीका वरिष्ठ नेतासहितका हजारौँले उनलाई जेलबाट रिहा हुँदै गर्दा स्वागत गरेका थिए ।

कोरोनाभाइरसका कारण धेरै मानिस जम्मा हुन सरकारले लगाएको निषेधका बावजुत पनि उनीहरू जियालाई स्वागत गर्न पुगेका थिए ।

ह्विलचियरमा थुनावाट बाहिर निस्कँदा नेतृ जियाले मुखमा मास्क लगाएकी थिइन्। कानुनमन्त्री अनिशुल हकले मानवियताका कारण उनलाई जेलमुत्त गर्ने तयारी भएको मंगलवार बताएका थिए। नेतृ जियाले घरमै बसेर उपचार गर्ने विश्वास लिइएको पनि उनले बताए।

लामो समयदेखि विभिन्न रोगवाट ग्रसित ७४ वर्षीय जियालाई जेलमुत्त गर्न सरकारमाथि दवाब पर्दै आएको थियो । पूर्व प्रधानमन्त्री जियालाई भष्ट्राचारको आरोपमा अदालतले १७ बर्ष जेल सजायको फैसला गरेको छ । उनी र उनका समर्थकहरूले राजनीतिक प्रतिशोधका आधारमा मुद्दा लगाइएको दाबी गर्दै आएका छन् ।

Laxmi sunrise bank
kumari

वर्तमान प्रधानमन्त्री शेख हसिना र जियाका बिचमा लामो समयदेखि राजनीतिक तथा व्यक्तिगत टकराव चल्दै आएको छ । जियाका समर्थकहरूले कारागारमा जियाका लागि सरकारले राम्रो व्यबस्था नगरेकाले उनको स्वास्थ्य अवस्था बिग्रिएको आरोप लगाएका छन् । बङ्गलादेशको एक उच्च अदालतले उपचारका लागि जेलमुत्त गर्न जियाले गरेको अपिललाई गत फेबुअरीमा अस्वीकृत गरेको थियो ।

सन् २०१८ को फेबुअरीमा राज्यशक्ति र स्रोतको दुरुपयोग गरेको ठहर गर्दै अदालतले उनलाई जेल सजायको फैसला गरेको थियो ।

रासस

प्रकाशित: Mar 25, 2020| 15:08 बुधबार, चैत १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।