आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेशनल मेडिकल कलेजमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ

नेशनल मेडिकल कलेजमा मृत्यु भएका पुरुषमा कोरोना पोजेटिभ

पर्सामा उपचारका क्रममा मृत्यु भई अन्त्येष्टि गरिएका एक पुरुषमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

काठमाडौं- पर्सामा उपचारका क्रममा मृत्यु भई अन्त्येष्टि गरिएका एक पुरुषमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको छ।

वीरगञ्जको नेशनल मेडिकल कलेजमा जेठ ४ गते मृत्यु भई अन्त्येष्टि भइसकेका बाराका ७० वर्षीय वृद्धमा कोरोना संक्रमणको पुष्टि भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए।

वीरगञ्जस्थित प्रयोगशालामा परीक्षण गर्दा रिपोर्ट शंकास्पद आएपछि उनको स्वाब पुनः परीक्षणका लागि काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित ती व्यक्ति जेठ २ गते अस्पतालमा भर्ना भएका थिए। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।
कोरोना परीक्षणको रिपोर्ट नआउँदै मृत्यु भएपछि परिवारजन उनको अन्त्येष्टि गरिसकेका छन्।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले मृतकको पीसीआर रिपोर्ट पोजेटिभ आएपछि नेशनल मेडिकल कलेजलाई सिल गर्ने तयारी भइरहेको जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ। यसअघि सिन्धुपाल्चोककी सुत्केरी महिला, बाँकेका युवक र गुल्मीका एक जना शिक्षकको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ।

प्रकाशित: May 25, 2020| 00:43 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।