शनिबार, कात्तिक २९, २०८२

सञ्चारकर्मीहरुले ल्याए देशभक्ति गीत ‘इतिहास’ (भिडियाे)

विन्दास मिडिया नेटवर्कको प्रस्तुति एवम् निर्माणमा तयार भएका ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक भएको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं- विन्दास मिडिया नेटवर्कको प्रस्तुति एवम् निर्माणमा तयार भएका ‘इतिहास’ नामक राष्ट्रिय भाव बोकेको गीत सार्वजनिक भएको छ।

National life

गीतमा सञ्चारकर्मी रवीन्द्र सुवेदीको शब्द एवम् सञ्चारकर्मी चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको स्वर रहेको छ।

नेपाली वेब सिरिजका लोकप्रिय कलाकार जिवेश गुरुङले यस गीतको भिडियो निर्देशन गरेका छन्।

गीतको संगीत संयोजन ओम सुनारले गरेका छन् भने प्रोजेक्ट संयोजन समीर नेपालले गरेका छन्।

प्रवीण भट्टको सम्पादन रहेको गीतको छायांकन नवराज उप्रेतीले गरेका हुन्। टंक कार्की (छिमेकी) को संयोजनमा निर्माण भएको गीत ‘ए प्लस’ रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो।

Laxmi sunrise bank
kumari

गीतमा चिरञ्जीवी सापकोटा (जिबि चिरन), जिवेश गुरुङ र प्रवीण भट्टको मुख्य भूमिका रहेको छ भने सहयोगी भूमिकामा दिपशन परियार र बिनय सापकोटा लाई देख्न सकिन्छ।

सेमी र्‍याप शैलीमा तयार गरिएको यो गीतमा इतिहासको गाथा र नेपालीको वीरतालाई उजागर गरिएको छ।

भारतले मिचेको नेपालको भूमि कालापानी, लिपुलेक जस्ता भूभाग फिर्ता गरिनुपर्छ भन्ने सन्देश गीतमार्फत् दिन खोजिएको छ।

गीत आहा टिभीको अफसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

 

प्रकाशित: May 24, 2020| 19:37 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्