विराटनगरमा सानाठूला गरी करिब एक हजार होटल छन्। यी होटलमा १० हजार मजदुरले काम गरिरहेको क्षेत्रीय होटल व्यवसायी संघका पूर्व अध्यक्ष सुरेश भट्टराईले बताए।
मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा विल विजक प्रविष्ट नगरी कारोबार गरेको भन्दै राजस्व अनुसन्धान विभागले १४ वटा व्यावसायिक फर्महरुलाई ३० लाख ७५ हजार रुपैयाँ जरिवाना गराएको छ...
पोखरा– गण्डकी प्रदेशमा शुक्रबार बिहान १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती जारी गर्दै शुक्रबार १३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
सिन्धुपाल्चोकको बाह्रिबसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका २० जनाको अवस्था अझै अज्ञात छ।
बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सम्पूर्ण ध्यान बाढीपहिरोबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहत कार्यमा केन्द्रित गर्न आग्रह गरेका छन्।