मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राजस्व चुहावट गर्ने श्याम ग्लास इन्डस्ट्री र महाशक्ति गुट्खा उद्योगविरुद्ध मुद्दा

राजस्व चुहावट गर्ने श्याम ग्लास इन्डस्ट्री र महाशक्ति गुट्खा उद्योगविरुद्ध मुद्दा

राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा दाङका दुईवटा कम्पनीविरुद्ध ७ करोड ३२ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं- राजस्व अनुसन्धान विभागले राजस्व चुहावट गरेको आरोपमा दाङका दुईवटा कम्पनीविरुद्ध ७ करोड ३२ लाख बिगो दाबीसहित मुद्दा दायर गरेको छ।

विभागले श्याम ग्लास इन्डस्ट्री र महाशक्ति गुट्खा उद्योगविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवलमा मुद्दा दायर गरेको हो।

श्याम ग्लास इन्डस्ट्रीसँग ६ करोड ६९ लाख रुपैयाँ बिगो दाबी गरिएको छ।

उक्त उद्योगमाथि राजस्व नतिर्ने एवं कम तिर्ने उद्देश्य राखी उद्योगबाट उत्पादित सिसा र सिसाजन्य वस्तुमा अन्तःशुल्क असुल नगरी राजस्व चुहावट गरेको आरोप छ ।

इन्डस्ट्रीले ६ करोड ६ लाख २५ हजार दुई सय ८२ रुपैयाँ राजस्व चुहावट गरेको विभागको दाबी छ।

महाशक्ति गुट्खा उद्योगसँग ६३ लाख आठ हजार सात सय ५ रुपैयाँ बिगो दाबी र कैद सजाय माग गरिएको छ। सो कम्पनीविरुद्धमा पनि राजस्व छली गरी राज्यलाई नोक्सान गरेको आरोप छ।

प्रकाशित: Jul 10, 2020| 14:15 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्