मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न देउवाको आग्रह

बाढीपहिरो पीडितको उद्धार र राहतमा जुट्न देउवाको आग्रह

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सम्पूर्ण ध्यान बाढीपहिरोबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहत कार्यमा केन्द्रित गर्न आग्रह गरेका छन्।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको सम्पूर्ण ध्यान बाढीपहिरोबाट प्रभावित नागरिकको जीवनरक्षा, उद्धार र राहत कार्यमा केन्द्रित गर्न आग्रह गरेका छन्।

उनले कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भ्रातृ एवं शुभेच्छुक संघसंस्थाहरुलाई पीडित परिवारलाई तत्काल उद्धार र राहत कार्यमा आवश्यक सहयोग पुर्याउन निर्देशन दिएका छन्।

अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानका कारण विभिन्न जिल्लामा जनधनको ठूलो क्षति भएको र पीडितको जीवन कष्टकर बन्दै गएको प्रति देउवाले दुःख व्यक्त गरेका छन्।

कांग्रेस मुख्यालयद्वारा शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ, ‘मुलुक कोरोना कहरको पीडामा रहेको बेला फेरि अर्को प्राकृतिक विपत बाढी, पहिरोको समेत सामना गर्नुपरेको छ।' देउवाले नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी बनाउन छिटोभन्दा छिटो प्रभावित क्षेत्रमा उद्धार टोली खटाएर थप मानवीय र भौतिक क्षति रोक्न सरकारसँग आग्रह गरेका छन्।

प्रकाशित: Jul 10, 2020| 13:33 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।