मंगलबार, भदौ ९, २०८३

सेती नदीको पानी बस्तीसम्म, स्थानीय त्रसित

पोखरा– अविरल वर्षाका कारण पोखरा रामघाट हुँदै बगेको सेती नदीको पानी बस्तीसम्म पुगेको छ ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

पोखरा– अविरल वर्षाका कारण पोखरा रामघाट हुँदै बगेको सेती नदीको पानी बस्तीसम्म पुगेको छ ।

पानीको सतह बढ्दा बस्तीसम्म पुग्न गएको हो । स्थानीयका अनुसार यस्तो माथी बस्तीसम्मै पानी आएको दोश्रो पटक हो । अहिले पानीको सतह केही घटे पनि लगातार पानी परिरहे बस्ती डुबानमा पर्ने स्थानीयको भनाइ छ । डुबानमा पर्ने डरले त्यहाँका केही स्थानीय माथिल्लो सतहमा बसिरहेका छन् ।

पछिल्लो २४ घण्टायता कास्की जिल्लामा सबैभन्दा बढी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ । विभागका अनुसार कास्कीमा २४ घण्टायता २६८ मिलिमिटर वर्षा मापन गरिएको छ ।

यस्तै पछिल्लो एक घण्टामा मात्रै १५.८ मिलिमिटर वर्षा मापन भएको छ । विभागले वर्षा जारी रहने उल्लेख गर्दै तटीय लगायतका क्षेत्रमा उच्च सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

यस्तै कास्कीको लामाचौरदेखि पुरुन्चौर जाने बाटो पहिरोका कारण अवरोध भएको छ । बेसीचोकमा गएको पहिरोले आवातजावतमा कठिनाइ भएको स्थानीयले बताएका छन् । उक्त पहिरोले भोटीखोला खानेपानीमा समेत असर पुगेको जानकारीमा आएको छ ।

प्रकाशित: Jul 10, 2020| 13:50 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।