मंगलबार, भदौ ९, २०८३

बाह्रबिसेमा बेपत्ता २० जना अझै अज्ञात

सिन्धुपाल्चोकको बाह्रिबसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका २० जनाको अवस्था अझै अज्ञात छ। बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं– सिन्धुपाल्चोकको बाह्रिबसेमा बुधबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका २० जनाको अवस्था अझै अज्ञात छ।
बेपत्ता भएकाको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

बेपत्ता हुनेमा बाह्रबिसे–५ जम्बु बजारका १६ जना र भोटेकोसी गाउँपालिकाका चार जना छन्। दुई जनाको शव फेला परेको छ। 

बाढीले अरनिको राजमार्गअन्तर्गतको खुर्सानीबारी, खागदलस्थित पक्की पुल, जुरेलगायतका ठाउँको सडक पूर्णरुपमा कटान गरेको छ। खगदल भन्ने स्थानको पक्की पुल बाढीले बगाएपछि आवतजावत पूर्णरुपमा बन्द छ।

भोटेकोसीको बहाव तीव्र गतिमा बढ्दै गएपछि बाह्रबिसेको पुरानो बजारमा बाढी पस्ने जोखिम बढेको छ।

स्थानीय प्रशासनले बाढीबाट बच्न घरको सामान सार्न र सुरक्षित स्थानमा जान आह्वान गरेको छ। बाह्रबिसेको पुरानो बजारवासीले घरको सामान अन्यत्र सार्न थालेका छन्।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार स्थानीयलाई सुरक्षित रहन भनिएको छ । लामोसाँघु बजारको पश्चिम भेगका बासिन्दाले घर छाडेका छन्।

लार्चा खोलाको पश्चिमतर्फ बासोबास गर्दै आएका स्थानीय घरबाट निस्केर डाँडाडाँडामा पुगेका छन्। उनीहरुले आफूहरु बसेको ठाउँ सुरक्षित नभएकाले उद्धार गर्न अनुरोध गरेका छन्।

जताततै पहिरो नरोकिएकाले उनीहरु भागेर अन्यत्र जाने अवस्था नभएको स्थानीय विष्णुबहादुर श्रेष्ठले बताए। लार्चा बजारका स्थानीय भने सुरक्षाका लागि सुख्खा बन्दरगाहमा पुगेका छन्।

अविरल वर्षाका कारण जिल्लाको इन्द्रावती र मेलम्ची नदीमा बाढी आएको छ। नदीमा पानीको बहाव बढ्न थालेपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले नदी आसपासका स्थानीयलाई आग्रह गरेको छ।

पाँचपोखरीे, मेलम्ची, हेलम्बुलगायत गाउँपालिकाले स्थानीयलाई सुरक्षित बस्न र सजग हुन आग्रह गरेका छन्। -रासस

प्रकाशित: Jul 10, 2020| 13:52 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।