सोमबार, असार २९, २०८३

भद्रकालीस्थित फुटबल मैदानको पूर्वाधार आर्मीलाई हस्तान्तरण

काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नजिकै रहेको भद्रकालीको फुटबल मैदानको पूर्वाधार नेपाल आर्मीले स्वामित्व ग्रहण गरेको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं– काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशाला नजिकै रहेको भद्रकालीको फुटबल मैदानको पूर्वाधार नेपाल आर्मीले स्वामित्व ग्रहण गरेको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आज (शुक्रबार) एक कार्यक्रम गर्दै मैदानको पूर्वाधार आर्मीलाई हस्तान्तरण गरेको हो। शुक्रबारको कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई मैदान हस्तान्तरण गरे। 

आर्मीको मुख्यालयभित्र १५ लाख रुपैयाँको लागतमा चेन्जिङ रुम र प्लेयर बक्स बनाइएको छ। यद्यपि उक्त मैदान एन्फाले नै रेखदेख गर्नेछ। र, एन्फालाई आवश्यक परेको खण्डमा उसले प्रयोग गर्न पाउने छ।

मुख्यतः नेपालले खेल्ने विश्वकप र एसिया कपको संयुक्त छनोटका लागि प्रशिक्षण मैदानको रुपमा रहने छ। नेपालले आउँदो असोजमा अस्ट्रेलिया, जोर्डन र चाइनिज ताइपेईसँग घरेलु मैदानमा खेल्ने तय छ।

समूह ‘बी’मा रहेको नेपालले सम्पूर्ण अवे खेल खेलिसकेको छ भने कुवेतविरुद्धको होम म्याच पनि न्युट्रल भेन्यु भुटानमा खेलिसकेको छ। नेपालले पहिले खेलेको अवे खेलमा चाइनिज ताइपेईबाहेक अन्यलाई जित्न सकेको छैन।

एन्फाले जुलाई १५ बाट नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण सुरु गर्न सरकारसँग अनुमति माग गरेको छ।

नेपाल आर्मीले पनि त्रिभुवन आर्मी क्लबको प्रशिक्षणका लागि यही मैदान प्रयोग गर्नेछ।

प्रकाशित: Jul 10, 2020| 12:47 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।