आइतबार, मंसिर ९, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

जागिर गुमेपछि होटल मजदुरको बिचल्ली

विराटनगरमा सानाठूला गरी करिब एक हजार होटल छन्। यी होटलमा १० हजार मजदुरले काम गरिरहेको क्षेत्रीय होटल व्यवसायी संघका पूर्व अध्यक्ष सुरेश भट्टराईले बताए।
 |  शुक्रबार, असार २६, २०७७
nespernesper

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

शुक्रबार, असार २६, २०७७

विराटनगर– विराटनगर ५ का सुरेन्द्र थापाले होटल क्षेत्रमा काम गरेको २० वर्ष भयो। उनले अहिले जस्तो समस्या कहिल्यै भोगेका थिएनन्।

triton college

लकडाउनसँगै चैत ११ गतेदेखि उनले काम गर्दै आएको होटल बन्द छ। उनले अहिलेसम्म चैतको पारिश्रमिक पाउन सकेका छैनन्। न त होटल खुल्ने कुनै संकेत छ।

डेरा भाडा तिर्न र बिहानबेलुकाको छाक टार्नै धौ–धौ भएको उनले बताए। उनले भने, ‘केटाकेटीको स्कुल फी र अन्य खर्च जुटाउन समस्या पर्यो।’

यसबीचमा थापाले खसी काटेर बिक्री गरे। तर, व्यवसायलाई निरन्तरता दिन नसक्दा घर खर्च चलाउन समस्या भएको उनले बताए। उनले भने, ‘वर्षौंसम्म एउटा पेसामा काम गरियो, अहिले परिवर्तन गर्दा काम गर्न सकिँदो रहनेछ।’

अर्का होटल मजदुर विराटनगर–१२ का गणेश शिवाकोटीले पनि लकडाउनपछि पारिश्रमिक पाउन सकेका छैनन्।

Metro Mart
vianet

विराटनगर–९ मा परिवारसहित बस्दै भएका होटल मजदुर धीरेन्द्र थापा मगरले पारिश्रमिक नपाउँदा परिवार चलाउन नै समस्या भएको बताए।

अधिकांश होटल मजदुरको समस्या उस्तै छ।

विराटनगरमा सानाठूला गरी करिब एक हजार होटल छन्। यी होटलमा १० हजार मजदुरले काम गरिरहेको क्षेत्रीय होटल व्यवसायी संघका पूर्व अध्यक्ष सुरेश भट्टराईले बताए।

ठूला होटल बन्द हुन थाले

लामो समयको लकडाउनका कारण विराटनगरका होटल बन्द हुन थालेका छन्। २२ वर्षअघि सञ्चालनमा आएको होटल जेनियल बन्द भएको छ। विराटनगरकै ठूलो उक्त होटलमा ५५ कर्मचारी कार्यरत थिए।

विराटनगरको बिग होटल पनि बन्द भएको छ। अब बिग होटल सञ्चालन गर्न कम्तीमा एक करोड लाग्ने बताईएको छ। विराटनगरका अन्य होटल पनि बन्दको तरखरमा छन्।

व्यवसायी नै समस्यामा

बैंकको ब्याज तिर्न नसक्दा समस्यामा परेको क्षेत्रीय होटल व्यवसायी संघका पूर्वअध्यक्ष सुरेश भट्टराईले बताए। बैंकले ब्याजका लागि ताकेता गरेर हैरान बनाएको उनको भनाइ छ। होटल व्यवसायी विद्रोह गर्ने अवस्थामा पुगेको उनले बताए।

होटल प्यासिफिकका सञ्चालकसमेत रहेका भट्टराईले मजदुरलाई तलब दिने मात्रै काम भएको बताए। उनले भने, ‘अब आफंैलाई समस्या भइसक्यो।’ होटल खुले पनि भोलि के गर्ने भन्ने समस्या रहेको उनले बताए।

सरकारले होटल व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै समस्यामा पार्ने काम गरेको भट्टराईले बताए।

प्रकाशित: Jul 10, 2020| 15:37 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्