बुधबार, चैत ११, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • इलन मस्कको सम्पत्ति ३३४ अर्ब डलर, बने मानव इतिहासकै धनी व्यक्ति

इलन मस्कको सम्पत्ति ३३४ अर्ब डलर, बने मानव इतिहासकै धनी व्यक्ति

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

काठमाडौं- इलन मस्क मानव इतिहासकै सबैभन्दा धनी व्यक्ति बन्न सफल भएका छन्। टेस्ला, एक्स, स्पेस एक्सलगायत कम्पनीका मालिक मस्कले ३ खर्ब ३४ अर्ब ३० करोड डलर सम्पत्तिसहित इतिहास रचेका हुन्।

National life

फोर्ब्स पत्रिकाका अनुसार अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै मस्कको कम्पनी टेस्लालगायतको सेयर मूल्यमा उल्लेख्य वृद्धि भएको छ। विश्वका धनाढ्यको सूचीमा पहिलो स्थानमा पुनः उक्लिएका मस्कको सम्पत्ति अहिले दोस्रो स्थानमा रहेका ओर्‍याकल कम्पनीका अध्यक्ष ल्यारी इलिसनको भन्दा ८० अर्ब डलर धेरै छ।

अहिले मस्कको एआई कम्पनी एक्स एआईको मूल्य ५० अर्ब डलर पुगिसकेको छ। यसले पनि उनको सम्पत्ति बढाउन सहयोग गरेको छ। त्यस्तै, दुई खर्ब १० अर्ब डलरको अन्तरिक्ष कम्पनी स्पेस एक्सको बजार पुँजीकरणले पनि मस्कको अर्बौं डलरको सम्पत्तिमा महत्वपूर्ण हिस्सा ओगटेको छ। स्पेस एक्समा मस्कको सेयर हिस्सा ४२ प्रतिशत रहेको छ।

अमेरिकामा पछिल्लोपटक राष्ट्रपतिको चुनाव हुने दिनको भन्दा अहिले मस्कको सम्पत्ति ७० अर्ब डलरले बढी छ। त्यसयता टेस्लाको सेयर मूल्य ४० प्रतिशतले बढेको छ।

राष्ट्रपति ट्रम्पसँग एलन मस्कको निकट सम्बन्धले गर्दा लगानीकर्ताको मनोबल बढेको बताइएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Nov 24, 2024| 16:27 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्