मंगलबार, पुस १, २०८२

होटलको बरण्डामा मृत भेटिए युवायुवती

 |  आइतबार, मंसिर ९, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर ९, २०८१

काठमाडौंको सिनामंगलस्थित एक होटलमा युवायुवती मृत फेला परेका छन्।

National life

आज बिहान काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एक होटलमा युवायुवती मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

दुई जना चौथो तलाको बरण्डामा मृत फेला परेका हुन्। उनीहरूको पासपोर्ट प्रहरीले फेला पारेको छ। पासपोर्टअनुसार उनीहरु सुनसरीका ३४ वर्षीय रमेश माझी र मोरङका २९ वर्षीया सर्मिलाकुमारी माझी हुन्।

शनिबार साँझ पौने ७ बजे उनीहरू कोठा नम्बर १२० मा बसेका थिए। दुवै जना बरण्डाको रेलिङमा सेतो सलमा झुण्डिएको अवस्थामा फेला परेका बताइएको छ। काठमाडौं प्रहरी परिसर, प्रहरी वृत्त गौशाला र काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोली पुगेर अनुसन्धान अघि बढाएको छ।

प्रकाशित: Nov 24, 2024| 12:43 आइतबार, मंसिर ९, २०८१
प्रतिक्रिया दिनुहोस्