मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • एमालेको जागरण सभाले वातावरण प्रदूषण, महानगरले तिरायो जरिवाना

एमालेको जागरण सभाले वातावरण प्रदूषण, महानगरले तिरायो जरिवाना

 |  शनिबार, मंसिर ८, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ८, २०८१

काठमाडौं- काठमाडौं महानगरपालिका कार्यालयले नेकपा एमालेलाई जरिवाना गरेको छ।

National life

शुक्रबार काठमाडौंको दरबारमार्गमा कार्यक्रम आयोजना गरेर जथाभाबी फोहोर गरेको भन्दै महानगरले एमालेलाई एक लाख रूपैयाँ जरिवाना गरेको हो।

महानगरद्वारा नेकपा एमाले पार्टी कार्यालयलाई प्रेसित पत्रमा भनिएको छ- मंसिर ७ गते काठमाडौं महागरपालिका वडा नम्बर १ दरबारमार्गको खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडक पेटीमा जथाभाबी फोहोरमैला गरी वातावरण प्रदूषण गरेकाले फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको छ।

एमालेको काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीको संयुक्त आयोजनामा शुक्रबार जागरण सभा भएको हो।

प्रकाशित: Nov 23, 2024| 11:02 शनिबार, मंसिर ८, २०८१
प्रतिक्रिया दिनुहोस्