बिहीबार, असोज २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, आज देशका यी भूभागमा वर्षाको सम्भावना

 |  बिहीबार, असोज २९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, असोज २९, २०८३

काठमाडौं- जल तथा मौसम विज्ञान विभागले अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ।

हाल देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल लागेको छ। देशका तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। देशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। देशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागमा थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित मध्यम सम्मको वर्षा/हिमपातको सम्भावना छ। 

त्यस्तै आज राति देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ। तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  देशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रकाशित: Oct 15, 2026| 06:49 बिहीबार, असोज २९, २०८३
प्रतिक्रिया दिनुहोस्