पूर्वपश्चिम राजमार्ग अन्तर्गत इटहरीको बालग्राम चोकमा भएको सवारी दुर्घटनामा एक दम्पतीको मृत्यु भएको छ।
आज दिउँसो इटहरी उपमहानगरपालिका-१६ बालग्राम चोकमा को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई विपरीत दिशातर्फ जाँदै गरेको सवारीसाधनले ठक्कर दिँदा संखुवासभाको धर्मदेवी निवासी दम्पतीको मृत्यु भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक धर्मदेबी नगरपालिका ३ बस्ने ३२ वर्षीय युवराज गुरुङ र टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिचान खुलिनसकेको सवारीसाधनको ठक्करबाट उनीहरु गम्भीर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउनसाथ मृत्यु भएको प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार भ्याजिक भ्यान र टिपर ओभरटेक गर्ने क्रममा मोटरसाइकल उक्त दुई सवारी साधनको बिचमा चेप्टिएर दुर्घटनामा परेको हो। दुर्घटनास्थल छेउमै रहेको सीसी क्यामेरा बिग्रिएकोले कुन सवारी साधनले मोटरसाइकललाई ठक्कर दिएको हो खुल्न नसकेको प्रहरीले जनाएको छ ।