शुक्रबार, असोज ४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • जाजरकोटमा पहिरोमा पुरिएका एक जनाको शव भेटियो, ११ अझै बेपत्ता (अपडेट)

जाजरकोटमा पहिरोमा पुरिएका एक जनाको शव भेटियो, ११ अझै बेपत्ता (अपडेट)

जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा शुक्रबार पहिरोमा पुरिएका १२ मध्ये एक जनाको शव भेटिएको छ।
 |  शुक्रबार, असार २६, २०७७
nespernesper

देव राना

देव राना

शुक्रबार, असार २६, २०७७

सुर्खेत– जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीटोलमा शुक्रबार पहिरोमा पुरिएका एक जनाको शव भेटिएको छ। पहिरोमा पुरिएका ११ जना अझै बेपत्ता छन्। तीमध्ये पाँच जना बालबालिका छन्। शवको पनि सनाखत हुन सकेको छैन। 

triton college

पानी परिरहेका कारण उद्धारमा समस्या भएको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले बताए। उनका अनुसार पहिरोले गोपाल सार्की र कलु सार्कीका घर बगेका छन्। अन्य तीन वटा क्षति पुगेको छ।

पहिरोमा ५२ वर्षीय गोपाल सार्की, उनकी पत्नी ५० वर्षीया पुष्पा सार्की, छोरी १३ वर्षीया लक्ष्मी सार्की र छोरा ११ वर्षका अर्जुन सार्की बेपत्ता भएका छन्। अर्को घरका ३८ वर्षीया कलु सार्की, उनकी ६ वर्षीय छोरा सुभाष, छोरीहरु ११ वर्षीया कमला र १४ तीर्था सार्की पनि बेपत्ता छन्।

सकुलको घरमा पाहुना आएका कुशे गाउँपालिका ९ का २० वर्षीय डिल्ली सार्की, १४ वर्षीय गौरी सार्की, १६ वर्षीया कविता सार्की र १८ वर्षीय वीरेन्द्र सार्की पनि बेपत्ता छन्। घटनास्थलतर्फ प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।

जाजरकोटमा पहिरोमा पुरिएर बेपत्ता भएका १२ जनाको पहिचान

प्रकाशित: Jul 10, 2020| 13:07 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।