पोखरा– गण्डकी प्रदेशमा शुक्रबार बिहान १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले विज्ञप्ती जारी गर्दै शुक्रबार १३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको हो ।
संक्रमित हुनेमा तनहुँका ८ जना, पर्वत १, बागलुङ १, नवलपरासी २ र गोरखाका १ जना रहेका छन् । संक्रमितहरुलाई सम्वन्धि जिल्लाहरुको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
यो सँगै प्रदेशमा कुल संक्रमितको संख्या ११६२ पुगेको छ । त्यसैगरि प्रदेशमा अहिलेसम्म निको हुनेको संख्या ६३३ छ ।
