बिहीबार, मंसिर १८, २०८२

नदीमा पानीको सतह बढेपछि तराईमा उच्च सुरक्षा सतर्कता

बिहीबार रातिदेखि परेको अविरल वर्षाले तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ।
 |  शुक्रबार, असार २६, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, असार २६, २०७७

पर्सा- बिहीबार रातिदेखि परेको अविरल वर्षाले तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ।

National life

नदीमा पानीको सतह बढेसँगै जिल्लाका तटीय क्षेत्रका बासिन्दामा त्रसित बनेका छन्।

बारा, पर्सा, रौतहट, सप्तरी लगायतका जिल्लाका खोलानालामा पानीको बहाव बढेको छ। नदीमा पानीको सतह बढेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको प्रहरीले जनाएको छ।

बाराका मोतीसर, भलुही, पसाह, जमुनी, पर्साका तिलावे, भलुवाही, गण्डक नहरमा पसेकाे बाढीले सडक, बाटोघाटो लगायतको क्षेत्र डुबानमा परेको छ।

रौतहटमा बागमती र जमुनीमा पानीको सतह बढेको स्थानीयले जानकारी दिएका छन्।

Laxmi sunrise bank
kumari

पर्साका छिपहरमाई र पाकहामैनपुर गाउँपालिकाको मिर्जापुर, भलवहिया, सम्झाता, भेडिहर्वा, चरगाह, पुर्वारी, टिहुकी, जयमगलापुर, बुढगाई, झलमहिया, तुलसी बार्वा, बन्जारी, भिस्वालगायत बर्सेनि डुबानमा पर्ने गरेको छ।

जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाइएको पर्साका प्रहरी नायब उपक्षीक मनोजित कुँवरले बताए।

उनले भने, ‘दैवी प्रकोप तथा उद्धार समितिको निर्णयअनुसार नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनासमेत तयारी अवस्थामा छ।’

प्रकाशित: Jul 10, 2020| 14:02 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।