बिहीबार, साउन २१, २०८३

६२ प्रतिशत महिला र ६५ प्रतिशत नेपाली पुरुष जीवनप्रति सन्तुष्ट

१५–४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत नेपाली महिला र ६४.७ प्रतिशत पुरुष जीवनप्रति सुन्तष्ट देखिएका छन्।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं– १५–४९ वर्ष उमेर समूहका ६२.४ प्रतिशत नेपाली महिला र ६४.७ प्रतिशत पुरुष जीवनप्रति सुन्तष्ट देखिएका छन्।

केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको ‘नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६’अनुसार महिलाको तुलनामा जीवनप्रति सन्तुष्ट हुने पुरुषको संख्या बढी देखिएको हो।

४५.४ प्रतिशत महिला तथा १५–४९ उमेर समूहकै ५२.५ प्रतिशत पुरुषले गत वर्षभन्दा आगामी वर्ष जीवनस्तरमा सुधार हुने अपेक्षा गरेका छन्।

त्यसैगरी १५–२४ वर्ष उमेर समूहका ६८ प्रतिशत युवतीले र सोही उमेर समूहका ६९.६ प्रतिशत युवाहरु ज्यादै खुसी वा केही हदसम्म खुसी भएको बताएका छन्।

यो उमेर समूहका ५०.१ प्रतिशत युवती र ५६.४ प्रतिशत युवाले आगामी वर्षको जीवनस्तर सुधार हुने अपेक्षा गरेका छन्।

 

प्रकाशित: Jul 10, 2020| 15:00 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्