मालवस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भीसीटीएस) मा विल विजक प्रविष्ट नगरी कारोबार गरेको भन्दै राजस्व अनुसन्धान विभागले १४ वटा व्यावसायिक फर्महरुलाई ३० लाख ७५ हजार रुपैयाँ जरिवाना गराएको छ ।
सो प्रणालीमा विवरण प्रविष्ट नगरी ती कम्पनीले मालवस्तु बिक्री गरेको पाइएपछि राजस्व चुहावट ऐन २०७६ को दफा १३ ग को उपदफा ४ क बमोजिम जरिवाना असुल गरेको विभागले जनाएको छ ।
विभागले गत साउनबाट नै भीसीटीएस प्रणाली लागू गरेको थियो । सो प्रणाली लागू भए पनि ६ महिना परीक्षणकाल राखिएको थियो। ६ महिनापछि पनि प्रणालीमा प्रविष्ट नहुने कम्पनीलाई विभागले जरिवाना तिराउने गरेको छ ।
