मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ९ प्रतिशत महिलाले गर्छन् मदिरा सेवन, पुरुष ४१ प्रतिशत

९ प्रतिशत महिलाले गर्छन् मदिरा सेवन, पुरुष ४१ प्रतिशत

५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै चुरोट सेवन गर्ने गरेको तथ्यांकले जनाएको छ।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

काठमाडौं– नेपालमा १५–४९ वर्ष उमेर समूहका ९.१ प्रतिशत महिलाले र सोही उमेर समूहका ४०.६ प्रतिशत पुरुषले मदिराजन्य पदार्थ सेवन गर्ने गरेको तथ्यांक सार्वजनिक भएको छ।

‘नेपाल बहुसूचक सर्वेक्षण २०७५/७६’ अनुसार उनीहरुले महिनामा कम्तीमा एक पटक मदिराजन्य पदार्थ सेवन गर्ने गरेका छन्।

त्यस्तै १५–४९ वर्ष उमेर समूहका ६.१ प्रतिशत महिला र ४५.२ प्रतिशत पुरुषले सुर्तीजन्य पदार्थ सेवन गर्दै आएका छन्।

५.५ प्रतिशत पुरुष र २.२ प्रतिशत महिलाले १५ वर्ष नपुग्दै चुरोट सेवन गर्ने गरेको तथ्यांकले जनाएको छ।

त्यस्तै १५ वर्ष अगावै ७.९ प्रतिशत पुरुष र ५.० प्रतिशत महिलाले मदिराजन्य पदार्थ सेवन गर्छन्।

प्रकाशित: Jul 10, 2020| 15:15 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।