मंगलबार, भदौ ९, २०८३

सिन्धुपाल्चोकमा एक बेपत्ता, तीन घर बग्याे

अविरल वर्षासँगै शुक्रबार बिहान आएको बाढी र पहिरोले भोटेकोसी गाउँपालिका– २ लार्चामा एक जना बेपत्ता भएका छन्।
 |  शुक्रबार, असार २६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असार २६, २०७७

अविरल वर्षासँगै शुक्रबार बिहान आएको बाढी र पहिरोले भोटेकोसी गाउँपालिका– २ लार्चामा एक जना बेपत्ता भएका छन्।

भैरवकुण्ड खोलामा आएको बाढी र पहिरोले एक जना बेपत्ता भएका हुन्। बाढीले तीन घर बगाएको र तातोपानी बजारका पाँचघर पहिरोले पुरिएको गाउँपालिकाका उपाध्यक्ष दाबुटी शेर्पाले जानकारी दिइन्।

बाह्रबिसे–तातोपानी सडक खण्डको विभिन्न ठाउँमा गएको पहिरो तथा नदी कटानले सडक अवरुद्ध भएपछि उद्धारमा कठिनाइ उत्पन्न भएको छ।

बिजुलीको पोल ढलेकाले गाउँपालिकाका सबै क्षेत्रमा दुई दिनदेखि बिजुली सेवा अवरुद्ध भएको र प्रतिकूल मौसमका कारण सञ्चार सम्पर्कसमेत हुन नसकेको उनले बताए।

दस किलो भन्ने स्थानमा ठाडोखोलाको बाढीले कल्भर्ट (पुलेसा) समेत बगाएको र एउटा कन्टेनर भ्यानलाई बाढीले सडकको छेउमा पुर्याएकाले भोटेकोसी नदीमा खस्ने अवस्थामा रहेको वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले बताए।

यसैगरी अविरल वर्षाले स्थानीय चौकीडाँडा भासिने अवस्थामा पुगेकाले सीमा प्रहरी कार्यालयसमेत जोखिममा परेको छ। सो स्थानका ३० घरपरिवारलाई कोदारी माथि भवनमा राख्ने व्यवस्था मिलाइएको र उनीहरुको खानपानको व्यवस्था गाउँपालिकाले मिलाएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए।

प्रकाशित: Jul 10, 2020| 13:18 शुक्रबार, असार २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।