खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठमाडौंमा कार्यरत सिनियर डिभिजन इन्जिनियर राज कुमार शाक्यले पौने ११ करोढभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।
इङ्लिस प्रिमियर लिग, फुटबल लिग (ईएफएल) र प्रोफेसनल फुटबलर्स एसोसिएसन (पीएफए) ले अश्वेत, एसियन र अल्पसंख्यक जाति समुदाय (ब्ल्याक, एसियन एण्ड माइनोरिटी एथ्निक, बेम) प्रशिक्षकको दायरा बढाउने भएको छ।
बैठकले कोरोना भाइरसको प्रकोप बढिरहेका बेला सरकारलाई सजग बनाउन, अनियमितता हुन नदिन तथा संविधानका भावनाविपरीत आइरहेका विधेयक रोक्न रणनीतिसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न सक्ने एक नेताले बताए।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ विरुद्धको औषधि तथा खोपको क्लिनिकल ट्रायलमा ऐक्यबद्धता जनाउन गरेको आह्वानसँगै नेपालले पनि त्यसमा सहभागिता जनाउने निर्णय गरेको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ ।