मंगलबार, भदौ ९, २०८३

सरकारविरुद्ध सडक आन्दोलनको तयारीमा कांग्रेस

बैठकले कोरोना भाइरसको प्रकोप बढिरहेका बेला सरकारलाई सजग बनाउन, अनियमितता हुन नदिन तथा संविधानका भावनाविपरीत आइरहेका विधेयक रोक्न रणनीतिसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न सक्ने एक नेताले बताए।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सरकारविरुद्ध आन्दोलनको तयारीमा जुटेको छ।

पदाधिकारीको आइतबार बसेको बैठकमा नेताहरुले सरकारले शृंखलाबद्ध रुपमा संविधान उल्लंघन गरेको भन्दै सडकदेखि सदनसम्म विरोधका कार्यक्रम गर्नुपर्ने आवाज उठाएका थिए। सोही विषयमा छलफल गर्न मंगलबार कांग्रेस केन्द्रीय कार्य समिति बैठक बसेको छ।

नागरिकता संशोधन विधेयक, अख्तियार विधेयक, सूचना प्रविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संविधानको मर्म र भावनाविपरीत ल्याएपछि कांग्रेस सरकारसँग असन्तुष्ट छ।

बैठकले कोरोना भाइरसको प्रकोप बढिरहेका बेला सरकारलाई सजग बनाउन, अनियमितता हुन नदिन तथा संविधानका भावनाविपरीत आइरहेका विधेयक रोक्न रणनीतिसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न सक्ने एक नेताले बताए।

सरकार कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारमा सरकार असफल भएको, महामारीका समयमा भ्रष्टाचारमा लिप्त भएको आरोप कांग्रेसको छ।

स्वास्थ्य सामग्री खरिदमा लगातार अनियमितता भइरहेको, नेता निकटका कम्पनीलाई सामान खरिदको ठेक्का दिइएको तथा टेन्डर प्रक्रिया अपारदर्शी भएको विषयमा त कांग्रेसले संघीय संसदमा आवाज उठाइसकेको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डविपरीतका कमसल सामग्री खरिद गरेको भन्दै सभापति शेरबहादुर देउवाले यसअघि पटकपटक सरकारको ध्यानाकर्षण गराइसकेका छन्।

स्वास्थ्य सामग्री खरिदमा अनियमितता गर्नेमाथि कारबाही गर्नुपर्ने देउवाको माग छ। सभापति देउवाले सरकारले गरेको लज्जास्पद कार्यले देशको प्रतिष्ठामा समेत आघात पुर्याएको बताउँदै आएका छन्।

एक नेताका अनुसार आइतबारको पदाधिकारी बैठकमा सभापति देउवाले सरकारले आफूहरुको कुरा नसुनेको तथा विज्ञहरुकै सुझावसमेत बेवास्ता गरी मनोमानी रुपमा स्वास्थ्य उपकरण गरी राज्यको ढुकुटी रित्तो बनाउन लागेको बताएका थिए।

बैठकमा नेताहरुले सरकारले दुई तिहाईको बलमा जथाभाबी निर्णय गर्दा यसले पार्ने दीर्घकालीन प्रभावको मूल्य चुकाउन कठिन हुने भएकाले आन्दोलनको विकल्प नभएको सुझाएका थिए।

कोरोना भाइरसको महामारीपछि कांग्रेसले सरकारविरुद्ध कुनै पनि विरोधका कार्यक्रम आयोजना गरेको छैन।

त्यसअघिका विभिन्न अनियमितताका घटना, तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भ्रष्टाचार प्रकरण लगायतमा सरकारको ध्यानाकर्षण गराउँदागराउँदै कोरोना भाइरसको प्रकोप सुरु भएको थियो।

त्यसपछि कांग्रेसले सरकारलाई कोरोना भाइरसविरुद्धको लडाइँमा साथमा रहेको बताउँदै आएको छ।
केन्द्रीय कार्य समिति बैठकमा सरकारविरुद्ध आन्दोलन गर्ने कार्यक्रम तय हुन सक्ने सभापति देउवा निकट एक नेताले बताएका छन्।

साथै यो बैठकमा कांग्रेसको आगामी महाधिवेशनका विषयमा समेत छलफल हुनेछ।

कांग्रेसले आगामी फागुनमा १४ औँ महाधिवेशन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। कोरोना महामारीका कारण

महाधिवेशनअघिका थुप्रै कार्यक्रम प्रभावित भएकाले तोकिएको तालिकामै महाधिवेशन सम्पन्न गर्न सकिने सम्भावना नरहेको कतिपय नेताहरुले बताउँदै आएका छन्।

महाधिवेशनका विषयमा सभापति देउवा पक्ष र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच फरक मत छ।

पौडेल पक्षले तोकिएकै समयमा महाधिवेशन गर्ने गरी अघि बढ्न दबाव दिँदै आएको छ भने संस्थापन तोकिएको समयमा महाधिवेशन गराउन दृढ देखिएको छैन।

प्रकाशित: Jun 30, 2020| 14:55 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।