सोमबार, असार २९, २०८३

भ्यालेन्सियाका प्रशिक्षक अल्बर्ट बर्खास्त

भ्यालेन्सियाले क्लबका प्रमुख प्रशिक्षक अल्बर्ट सेलाडेसलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरेको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

भ्यालेन्सियाले क्लबका प्रमुख प्रशिक्षक अल्बर्ट सेलाडेसलाई प्रशिक्षकको जिम्मेवारीबाट मुक्त गरेको छ।

उसले प्रमुख प्रशिक्षकलाई विदा दिएसँगै बाँकी सिजनका लागि अर्का सहायक प्रशिक्षक भोरोलाई टिमको जिम्मेवारी दिएको छ।

अल्बर्टको प्रशिक्षणमा रहेको क्लबले पछिल्ला खेलमा राम्रो प्रदर्शन गर्न नसकेपछि क्लबले उनलाई विदा गरेको बताएको छ। उनको बदलामा सहायक प्रशिक्षक भोरोलाई नै क्लबले अन्तरिम रुपमा जिम्मा लगाएको हो। भोरोले जारी सिजनको अन्तिमसम्म क्लब सम्हाल्ने छन्।

भोरो क्लबमा सातौैं पटक प्रशिक्षकमा नियुक्त भएका हुन्। जसमा ४ पटक केयरटेकरका रुपमा काम गरेका छन्।

भ्यालेन्सिया पछिल्ला दुई सिजनमा लगातार च्याम्पियन्स लिगमा समावेस भएको छ। तर जारी सिजन नसकिँदै लिगको चौथौ स्थानको क्लबभन्दा ८ अंकले पछि छ। उसलाई यो वर्ष च्याम्पियन्स लिगमा जान असम्भव जस्तै भएको छ।

साथै कोरोना महामारीपछि सुरु भएको लिगमा भ्यालेन्सियाले पाँच खेलमध्ये एक खेलमा मात्र जित निकालेको छ।

भ्यालेन्सियाले जारी गरेका सूचनामा भनिएको छ, ‘अहिलेबाटै लागू हुने गरी क्लबले अल्बर्ट सेलाडेसलाई बर्खास्त गरेको छ।’

प्रकाशित: Jun 30, 2020| 16:19 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।