मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • तीन वटा निजी प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति, स्याम्पल लिन भने नपाउने

तीन वटा निजी प्रयोगशालाले पाए कोरोना परीक्षणको अनुमति, स्याम्पल लिन भने नपाउने

कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षणका लागि ३ वटा निजी प्रयोगशालाले अनुमति पाएका छन्।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

कोरोना भाइरसको पीसीआर विधिबाट परीक्षणका लागि ३ वटा निजी प्रयोगशालाले अनुमति पाएका छन्।

अनुमति पाउनेमा स्टार हस्पिटल ललितपुर, सेन्ट्रल डाइनोस्टिक ल्याबोरेटरी र काठमाडौं मेडिकल कलेज छन् ।

स्वास्थ्य मन्त्रालयले तोकेको मापदण्ड पूरा गरेका ३ वटा प्रयोगशालालाई परीक्षण गर्न अनुमति दिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सूचना अधिकारी राजेश गुप्ताले जानकारी दिए ।

गुप्ताका अनुसार अनुमति पाएका प्रयोगशालले आफैँ नमुना संकलन गर्न भने पाउँदैनन्। उनीहरुले सरकारले संकलन गरेको नमुना नै परीक्षण गर्ने हुन्। सरकारी ल्याबले परीक्षण गर्न नभ्याएको अवस्थामा मात्रै निजीमा परीक्षण गरिनेछ । निजीमा परीक्षण गराउँदा सरकारले प्रतिनमुना ५ हजार ५०० रुपैयाँ तिर्नेछ ।

हाल सरकारी स्तरमा ३३ वटा प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ । निजी क्षेत्रबाट पनि परीक्षण हुने भएपछि परीक्षणको दायरा बढ्ने सूचना अधिकारी गुप्ता बताउँछन् ।

स्वास्थ्यमन्त्री भानुभक्त ढकालले असार १५ बाट दैनिक १० हजार नमुना परीक्षण हुने भने पनि त्यो हुन सकेको छैन । हाल ७ हजारको हाराहारीमा दैनिक परीक्षण हुँदै आएको छ ।

भदौ पहिलो सातासम्म ४० हजार संक्रमित हुने प्रक्षेपण सरकारको छ । हाल कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ भने २ लाख २३ हजार ६३० नमुना पीसीआर विधिबाट परीक्षण भएका छन् ।

प्रकाशित: Jun 30, 2020| 16:13 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।