सेयर बजार परिसूचक ६ प्रतिशतले बढेपछि आज (मंगलबार) तेस्रो पटक पनि सर्किट ब्रेकर लागेको छ।
कारोबार सुरु भएको ४८ मिनेटमा पहिलोपटक, १२ बजेर १७ मिनेटमा दोस्रोपटक र १ बजे तेस्रो पटक सर्किट लागेको हो।
बजार परिसूचक ७२.०५ अंकले बढेर १२६०.७५ अंकमा अडिएको छ।
यससँगै आजका लागि सेयर कारोबार बन्द भएको छ। अब बजार भोलि बिहान ११ बजे खुल्नेछ।
डेढ महिनापछि हिजो खुलेको सेयर बजारमा कारोबार सुरु भएको ४० मिनेटमै नेगेटिभ सर्किट ब्रेक लागेको थियो।
