बुधबार, चैत ११, २०८२

‘राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७’ मा एनसेलको साथ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले काठमाडौं महानगरपालिका भित्र राष्ट्रिय दादुरा–रुबेला खोप अभियान २०७७ पुनः सुचारु गरेको छ ।

National life

एनसेल प्राइभेट लिमिटेडले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफसँगको सहकार्यमा ९ महिना देखि ५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा रुबेला खोप लगाउन यस राष्ट्रिय अभियानमा सघाउँदै आएको छ ।

गत वर्ष फागुनमा शुरु गरिएको यो बहुप्रतीक्षित खोप अभियान कोरोनाभाइरसको महामारी तथा लकडाउनले गर्दा पूरा हुन सकेको थिएन । काठमाडौं महानगरपालिकाका खोप केन्द्रमा न्यूनतम ६ फिट दूरी कायम गर्दै तथा अन्य आवश्यक सबै सुरक्षाका मापदण्ड अपनाई असार ११ बाट शुरु भएको छ । यो अभियानमा काठमाडौं महानगरपालिकाभित्र रहेका १ लाखभन्दा बढी बालबालिकालाई दादुरा-रुबेला खोप लगाउने सरकारी लक्ष्य छ ।

सरकारी तथ्याङ्कले सन् २०१५ पश्चात् दादुरा–रुबेला रोगका घटना निकै बढ्दो क्रममा रहेको देखाउँछ । कोरोनाभाइरस महामारीकै बेलामा काठमाडौंलगायत विभिन्न जिल्लाका बालबालिकामा दादुराको संक्रमण देखिएको छ । सन् २०२० को पाँचौ महिना मेको मध्यसम्ममा ३२५ भन्दा बढी बालबालिकामा दादुरा संक्रमण पुष्टि भइसकेको छ । सन् २०१९ मा ४३१ बालबालिकामा यो संक्रमण देखिएको थियो । 

परिवार कल्याण महाशाखाका अनुसार पहिले खोप लगाएका तथा नलगाएका ९ महिनादेखि ५ वर्षमुनिका सबै बालबालिकालाई यस अभियानअन्तर्गत अनिवार्य खोप लगाउनुपर्छ । यो अभियान  काठमाडौं महानगरका ३२ वडाहरूमा तीन चरणमा सञ्चालन भइरहेको छ । 

Laxmi sunrise bank
kumari

पहिलो चरणअन्तर्गत असार ११ गतेदेखि १३ गतेसम्म वडा नं. ६, ७, ८,९, १०, ३१ र ३२ मा खोप कार्यक्रम सञ्चालन गरिएको छ । दोस्रो चरणमा वडा नं. १, २, ३, ४, ५, ११, १२, १३, २६, २७, २८, २९ र ३० मा असार १४ देखि १६ गतेसम्म खोप कार्यक्रम सञ्चालन भइरहेको छ । त्यस्तै, तेस्रो चरणमा वडा नं. १४, १५, १६, १७, १८, १९, २०, २१, २२, २३, २४ र २५ मा असार १७ देखि १९ गतेसम्म खोप लगाइनेछ ।

एनसेलले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत स्वास्थ्यसम्बन्धी जनसचेतना अभिवृद्धि कार्यमा सहयोग गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा तथा सञ्चार केन्द्रसँग गत वर्ष समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । यही समझदारीअन्तर्गत एनसेलले युनिसेफ तथा साझेदारहरूको प्राविधिक सहयोगमा खोप अभियानका लागि सञ्चार तथा जनसचेतना अभिवृद्घिमा सरकारलाई सहयोग पुर्‍याउँदै आएको छ । 

यो सहकार्यले बालबालिकाको जीवनरक्षासँगै सन् २०२३ सम्ममा दादुरा–रुबेला निर्मूल गर्ने नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको लक्ष्यमा योगदान पुर्‍याउने विश्वास एनसेलले लिएको छ ।

एनसेलले सरकारकालाई कोरोनाभाइरससम्बन्धी जनचेतना अभिवृद्धि तथा रोकथाममा पनि सघाउँदै खाएको छ । यसअघि एनसेलले डेङ्गीको बारेमा जनसचेतना अभिवृद्घिका लागि पनि सहयोग गरेको थियो ।

प्रकाशित: Jun 30, 2020| 13:30 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्