मंगलबार, भदौ ९, २०८३

इन्जिनियरको गैरकानुनी कमाइ पौने ११ करोड

खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठमाडौंमा कार्यरत सिनियर डिभिजन इन्जिनियर राज कुमार शाक्यले पौने ११ करोढभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- खानेपानी तथा ढल व्यवस्थापन विभाग पानीपोखरी काठमाडौंमा कार्यरत सिनियर डिभिजन इन्जिनियर राज कुमार शाक्यले पौने ११ करोढभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको खुलेको छ।

कमिसन नलिई कुनै काम नगर्ने शाक्यले जागिर अवधिमा १० करोड ७७ लाख ५० हजार चार सय ५३ रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानबाट खुलेको हो।

अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार करिब १८ वर्षको जागिर अवधिमा शाक्यले १२ करोड ३९ लाख २४ हजार १४ रुपैयाँ सम्पति आर्जन गरेको खुलेको छ। जसमध्ये वैध आम्दानी एक कराड ६१ लाख ७३ हजार पाँच सय ६१ रुपैयाँ मात्र रहेको अख्तियारले जनाएको छ।

खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना दिक्तेल, खोटाङ्गमा कार्यरत आयोजना प्रमुख हुँदा शाक्यले कमिसन नलिई काम नगर्ने भन्दै अख्तियारमा उजुरी परेको थियो।

उनले एउटै आर्थिक वर्षमा एक करोड बढी कमिसन असुल गरेको अख्तियारले जनाएको छ।

अबैध आर्जन गरेको सम्पतिबाट शाक्यले आफू र पत्नीका नाममा जग्गा खरिद घर निर्माण, सवारी साधन खरिदका साथै भाञ्जीका नाममासमेत जग्गा किनेर लुकाएको अख्तियारले जनाएको छ।

उनले आफ्नो र परिवारको नाममा विभिन्न बैँक तथा वित्तिय संस्थाहरुमा मुद्दति निक्षेपमा अवैध रकम राखेको तथा मुद्दति निक्षेपहरु परिपक्व नहुँदै सोही मुद्दति निक्षेपको सुरक्षण धितोमा ऋण निकाली अन्यत्र व्यक्तिहरुलाई लगानीसमेत गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

शाक्यकी पत्नी अल्का र भान्जी नाताकी प्रभा शाक्यसमेतलाई प्रतिवादी बनाई अख्तियारले शाक्यको गैरकानुनी सम्पत्ति

जफत गर्न माग गर्दै मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

२०४९ जेठ २ गते जिल्ला खानेपानी कार्यालय, कञ्चनपुर, महेन्द्रनगरबाट ओभरसियर पदमा सरकारी सेवामा प्रवेश गरेका शाक्य २०६४ माघ १ इन्जिनियर पदमा ०७२ कार्तिक १० गते सिनियर डिभिजन इन्जिनियर पदमा बढुवा भएका थिए।

उनले खानेपानी तथा ढल व्यवस्थापन अन्तर्गतका विभिन्न कार्यालयहरूमा कार्यरत रहँदै विभिन्न आयोजना प्रमुखको जिम्मेवारी सम्हालेका थिए।

प्रकाशित: Jun 30, 2020| 15:54 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।