मंगलबार, भदौ ९, २०८३

कर्णालीमा १६ संक्रमित थपिए, ७१ निको भए

कर्णाली प्रदेशमा आज १६ जना कोरोना संक्रमण थपिएका छन्।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

सुर्खेत- कर्णाली प्रदेशमा आज १६ जना कोरोना संक्रमण थपिएका छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला र भेरी अञ्चल अस्पताल, नेपालगञ्जमा गरिएको पीसीआर परीक्षणमा रुकुम पश्चिमका आठ, दैलेखका तीन, डोल्पा र कालिकोटका दुई/दुई र बाँकेका एक जना संक्रमण पुष्टि भएको हो।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर १ का ६, वडा नम्बर ३ र ९ का एक/एक जना छन्।

दैलेखेको दुल्लु नगरपालिका वडा नम्बर ७ का दुई, वडा नम्बर ८ मा एक, डोल्पाको ठूलोभेरी नगरपालिका वडा नम्बर ३ का दुई र कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका वडा नम्बर २ का दुई जना छन्।

योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १४ सय ४३ जना पुगेको छ ।

त्यस्तै, आज नै दैलेखको महावु आइसेलेसन सेन्टरबाट ५६, भैरवी आइसोलेसन सेन्टरबाट ५, प्रदेश अस्पताल, सुर्खेतबाट ९ र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट एक जना गरी कुल ७१ जना संक्रमणमुक्त भएका छन्।

योसँगै कर्णालीमा संक्रमणमुक्त हुनेको संख्या एक हजार ७२ जना पुगेको मन्त्रालय स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए।

प्रकाशित: Jun 30, 2020| 15:34 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।