मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुदूरपश्चिममा २४ घन्टामा ३४ जनाको मात्रै परीक्षण, दुईको रिपोर्ट पोजेटिभ

सुदूरपश्चिममा २४ घन्टामा ३४ जनाको मात्रै परीक्षण, दुईको रिपोर्ट पोजेटिभ

सुदूरपश्चिममा पछिल्लो २४ घन्टामा दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

धनगढी- सुदूरपश्चिममा पछिल्लो २४ घन्टामा दुई जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ।

कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालले मंगलबार दिउँसो जारी गरेको प्रेस विज्ञप्ति अनुसार अछाम र कैलालीका एक-एक पुरुषलाई कोरोना संक्रमण रिपोर्ट पोजेटिभ देखिएको हो।

यससँगै धनगढीस्थित प्रयोगशालामा कोरोना पुष्टि भएकाको संख्या आठ सय ५४ पुगेको छ।

पछिल्लो २४ घन्टामा ३४ जनाको मात्रै पीसीआर परीक्षण गरिएको विज्ञप्तिमा उल्लेख छ। धनगढीस्थित प्रयोगशालामा दैनिक दुई सय ५० नमुनाको पीसीआर परीक्षण गर्ने क्षमता छ।

प्रकाशित: Jun 30, 2020| 15:07 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।