मंगलबार, भदौ ९, २०८३

तोलामा सय रुपैयाँ घट्यो सुनको मूल्य

सोमबार स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) घटेको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- सोमबार स्थिर रहेको सुनको मूल्य आज (मंगलबार) घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला सय रुपैयाँ घटेर ९१ हजार दुई सय रुपैयाँ निर्धारण गरिएको छ।

यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ७ सय ६५ रुपैयाँ तोकिएको छ। गत सोमबार यसको मूल्य ९० हजार आठ सय ६० रुपैयाँ थियो।

चाँदीको मूल्य भने स्थिर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको मूल्य प्रतितोला ९ सय ४५ रुपैयाँ कायम छ।

प्रकाशित: Jun 30, 2020| 12:30 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्