मंगलबार, भदौ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आज ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

आज ३१६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १३ हजार ५६४ पुग्यो

पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ३१६ जना कोरोना संक्रमित थपिएका छन्।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- पछिल्लो २४ घण्टामा देशका विभिन्न ठाउँमा ३१६ जना कोरोना संक्रमित थपिएका छन्।

यो सहित देशभर कोरोना संक्रमितको कुल संख्या १३ हजार ५६४ पुगेको छ।

कोरोना संक्रमणमुक्त भएर पछिल्लो २४ घण्टामा ९ जना महिला र ५१ पुरुष गरी कुल ६० जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणमुक्त भएर २७७ महिला र २ हजार ९१७ पुरुष गरी कुल ३ जार १९४ जना डिस्चार्ज भएका छन्।

पछिल्लो २४ घण्टामा ४ हजार ७११ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार नेपालमा हालसम्म २ लाख २८ हजार ३४१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ। त्यस्तै झण्डै ३ लाख मानिसको आरडीटी विधिबाट परीक्षण गरिएको छ।

हाल ५३ हजार ७० जना देशका विभिन्न स्थानमा रहेका क्वारेन्टिनमा बसिरहेका छन् भने कोरोना संक्रमण पुष्टि भएर आइसोलेसनमा बसिरहेका व्यक्तिहरुको संख्या १० हजार ३४१ छ।

यस्तै कोरोना संक्रमणबाट हालसम्म २९ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेशबाट आएर १४ दिनसम्म क्वारेन्टिनमा बसेका, कोरोनाको कुनै पनि लक्षण नदेखिएका व्यक्तिहरुलाई कोरोना भाइरसको संक्रमण नभएको बुझिने विश्वव्यापी मान्यता रहेको भन्दै त्यस्ता व्यक्तिलाई कोरोना परीक्षण नगरेका कारण फरक व्यवहार नगर्न आग्रह गरेको छ।

प्रकाशित: Jun 30, 2020| 16:45 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।