काठमाडौं उपत्यकामा कोरोना भाइरसका १४ जना संक्रमित थपिएका छन्।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भएको पीसीआर परीक्षणका क्रममा काठमाडौंका ४ महिला र ५ जना पुरुषमा कोरोना पुष्टि भएको छ।
त्यसैगरी पाटन अस्पतालमा भएको परीक्षण्मा काठमाडौंका १ जना र ललितपुरका १ जनामा संक्रमण देखिएको छ।
टेकु प्रयोगशालामा काठमाडौंका २ जना र भक्तपुरका १ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
