बिहीबार, साउन २१, २०८३

त्रिविका स्थगित परीक्षा स्थिति सामान्य भएपछि

त्रिभुवन विश्वविद्यालयले बन्दाबन्दीका कारण रोकिएका वार्षिकअन्तर्गतका परीक्षा स्थिति सामान्य भएपछि सञ्चालन गर्ने भएको छ।
 |  मंगलबार, असार १६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, असार १६, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयले बन्दाबन्दीका कारण रोकिएका वार्षिकअन्तर्गतका परीक्षा स्थिति सामान्य भएपछि सञ्चालन गर्ने भएको छ।

त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका) का परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षाको कार्यतालिका सार्वजनिक गरिसकेकाले बन्दाबन्दी हटेपछि नियमित परीक्षा गरिने बताए।

‘‘अहिले सबै विद्यार्थी घर गएका छन् । बन्दाबन्दी खुलेर यातायात सहज भएपछि विद्यार्थी आउने वातावरण हुन्छ’’, उनले भने, ‘‘अनि विद्यार्थीलाई केही समय बाँकी राखेर पुनः परीक्षाको कार्यतालिका सार्वजनिक गर्नेछौँ।’’

त्रिविले गत चैत ७ गतेदेखि कोभिड–१९ को कारणले सेमेस्टर तथा वार्षिक सबै परीक्षा स्थगित गरेको थियो ।

सेमेस्टर प्रणालीको परीक्षाबारे कार्यदल गठन

त्रिविले बन्दाबन्दीका कारणले रोकिएका सेमेस्टर प्रणालीअन्तर्गतका परीक्षाका बारेमा निर्णय गर्न कार्यदल गठन गरेको छ।

सो प्रणालीका परीक्षालाई के गर्ने भन्नेबारेमा सुझाव दिन त्रिविका शिक्षाध्यक्ष शिवलाल भुसालको संयोजकत्वमा कार्यदल गठन गरिएको हो।

‘‘कार्यदलले दिएको सुझावको आधारमा परीक्षाबारे निर्णय लिइने परीक्षा नियन्त्रक जोशीले बताए। कोभिड १९ को कारणले त्रिविको स्नातक तहको दोस्रो, चौथो तथा स्नातकोत्तर तहको दोस्रो र चौथो सेमेस्टरको परीक्षा स्थगित भएको थियो।

पढ्नुस्:

एसईईको नतिजा साउन १५ भित्र प्रकाशन गर्ने तयारी

प्रकाशित: Jun 30, 2020| 16:05 मंगलबार, असार १६, २०७७
प्रतिक्रिया दिनुहोस्