सोमबार, वैशाख २८, २०८३

इरानमा पुनः दोहोरिँदै कोरोना कहर

पछिल्ला केही दिनमा इरानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणमा आउला जस्तो देखिएको थियो। तर, बुधबार एक हजार ६ सय ८० नयाँ संक्रमित देखिएपछि इरानमा चिन्ता बढेको छ।
 |  बिहीबार, वैशाख २५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, वैशाख २५, २०७७

पछिल्ला केही दिनमा इरानमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणमा आउला जस्तो देखिएको थियो। तर, बुधबार एक हजार ६ सय ८० नयाँ संक्रमित देखिएपछि इरानमा चिन्ता बढेको छ।

National life

यो आँकडा अप्रिल ११ पछि सबैभन्दा बढी हो । यससँगै इरानमा एक लाखभन्दा बढीलाई संक्रमण पुष्टि भइसकेको छ। यसले इरानमा कोरोना कहर पुनः फर्किएको बताइएको छ। किनकि पछिल्लो चार दिनमा संक्रमणको मामला लगातार बढिरहेको छ। इरानमा कोरोना भाइरसको दोस्रो चरण सुरु भएको बताइएको छ।

इरानको स्वास्थ्य मन्त्रालयका प्रवक्ता किअनोउस जहाँपोरले भनेका छन्, “पछिल्लो तीन–चार दिनमा संक्रमणको मामला बढिरहेको हामीले देखिरहेका छौं। देशमा गैर–जरुरी यात्राका कारण संक्रमणको मामला बढिरहेको हुन सक्छ।”

इरानमा अप्रिल ११ देखि लकडाउनमा विभिन्न प्रकारका छुट दिइएको थियो। कम जोखिम भएका क्षेत्रमा मस्जिद पनि खोलिएको थियो।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट इरानमा ७८ जनाको ज्यान गएको छ। यससँगै इरानमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार चार सय १८ जना पुगिसकेको छ।

बीबीसी

प्रकाशित: May 07, 2020| 10:23 बिहीबार, वैशाख २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।