विराटनगर– प्रदेश १ मा मंगलबार ११ जना कोरोना संक्रमित थपिएका छन् । २ महिला र ९ पुरुषमा संक्रमण देखिएको छ ।
मंगलबार झापामा ५, संखुवासभामा ३, सुनसरीमा २ र खोटाङमा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापाको मेचीनगरमा १ , कन्काईनमा ४, संखुवासभाको सभापोखरीमा ३, सुनसरीको इनरुवामा २ र खोटाङको दिक्तेलमा १ जनामा कोरोना पोजेटिभ रिपोर्ट आएको छ ।
प्रदेश १ मा संक्रमितको संख्या ५ सय ७८ पुगेको छ । प्रदेश १ मा मंगलबार ८ जना डिस्चार्ज भएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत मोरङका ८ जना डिस्चार्ज भएका हुन । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ४ सय पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
