आइतबार ओरालो लागेको बजार आज सोमबार केही उकालो लाग्यो। नेप्से परिसूचक ३०.३३ अंकले बढेर १९६५.९६ अंकमा अडिएको छ। नेप्सेको यो गति नरोकिने बजार विश्लेषकहरुको अनुमान छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विगतका तितोपिरो भुलेर निर्वाचनमा सहभागी हुन नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन्।
नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ।
राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानका भुक्तानी तत्काल उपलब्ध गराउन र भुक्तानी दिन अटेर गर्ने चिनी उत्पादकमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् विघटनपछि उत्पन्न पछिल्लो अवस्थाबारे संविधानविद् र कानुनविद्हरुसँग परामर्श थालेकाे छ।