काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहले संसद् विघटनपछि उत्पन्न पछिल्लो अवस्थाबारे संविधानविद् र कानुनविद्हरुसँग परामर्श थालेकाे छ।
नेताहरूले सोमबार सिंहदबारमा आफू निकटका कानुनविद् र संविधानविद्सँग छलफल गरेका हुन्। नेताहरूले पछिल्लो राजनीतिक अवस्थाबारे परामर्श गरेको एक कानुन व्यवसायीले बताए।
छलफलमा अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी थिए भने कानुन व्यवसायीहरु शम्भु थापा, रमण श्रेष्ठ, टीकाराम भट्टराई, चण्डेश्वर श्रेष्ठ लगायत सहभागी थिए।