सोमबार, भदौ २२, २०८३

उखु किसानलाई तत्काल भुक्तानी दिन आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानका भुक्तानी तत्काल उपलब्ध गराउन र भुक्तानी दिन अटेर गर्ने चिनी उत्पादकमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले उखु किसानका भुक्तानी तत्काल उपलब्ध गराउन र भुक्तानी दिन अटेर गर्ने चिनी उत्पादकमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ। 

उखु किसानद्वारा काठमाडौंमा जारी प्रदर्शन तथा आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आयोगले यस्तो माग गरेको हो।

चिनी उत्पादक कम्पनीबाट विगतदेखि नै उखुको भुक्तानी नपाएको, सरकारले निर्धारण गरेको मूल्यभन्दा कम मूल्यमा उखु खरिद गरेको र उखु किसानले सरकारसँग गरेको सम्झौता कार्यान्वयन नभएको भन्दै गत मंसिर २७ गतेदेखि सर्लाही, रौतहट, नवलपरासी, कपिलवस्तु लगायतका  किसान काठमाडौं आएर आन्दोलन गरिरहेका छन्।

आयोगले भनेको छ, ‘उखुखेतीमा निर्भर किसानले उखु बिक्रीबाट पाउनुपर्ने रकम लामो समयसम्म प्राप्त गर्न नसक्दा संविधानप्रदत्त सम्पत्ति आर्जन गर्ने, भोग चलन गर्ने, बेचबिखन गर्ने र व्यावसायिक लाभ प्राप्त गर्ने मौलिक हक कुण्ठित भएको देखिन्छ।’ 

आयोगले उखु किसानका समस्याको समाधानमा संवेदनशील हुन, किसानको श्रमको सम्मान गर्न, विगतमा भएका सम्झौताको कार्यान्वयन गरी किसानको मौलिक हक र मानवअधिकारसमेतको संरक्षण गर्न सरकार र चिनी उत्पादक कम्पनीहरुको ध्यानाकर्षण गराराएको छ। 

आयोगको विज्ञप्तिमा भनिएको छ, ‘सरकारको निर्देशन पालना नगर्ने र उखु किसानको उखु लिई बक्यौता रकम भुक्तानी नगर्ने व्यवसायीहरुलाई तत्काल कानुनी कारबाही गर्न तथा किसानले पाउनुपर्ने रकम तत्कालै भुक्तानी दिई उखु खरिदकर्ता उद्यमीहरुबाट सरकारी बाँकीसरह असुलउपर गर्नसमेत आयोग स्थानीय प्रशासन र नेपाल सरकारलाई आग्रह गर्दछ।’

प्रकाशित: Dec 21, 2020| 08:33 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।