मंगलबार, साउन १९, २०८३

त्रिविका ५६ हजार ७१३ विद्यार्थी दीक्षित

त्रिभुवन विश्वविद्यालयका ५६ हजार ७१३ विद्यार्थी दीक्षित भएका छन्।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका ५६ हजार ७१३ विद्यार्थी दीक्षित भएका छन्। त्रिविको सोमबार सम्पनन ४६ औं दीक्षान्त समारोहमा उनीहरु दीक्षित भएका हुन्।  

पूर्वराष्ट्रपति डा. रामवरण यादव प्रमुख आतिथ्यतामा सम्पन्न समारोहमा विद्यावारिधि र विषयगत उत्कृष्टता हासिल गरेका विद्यार्थी मात्रै उपस्थित थिए।

दीक्षान्त समारोहमा २०७६ असार १ गतेदेखि २०७७ जेठ ३१ गतेसम्म ट्रान्सकृप्ट लिई ग्रेसलिस्टमा समावेश भएका विद्यावारिधि, एमफिल,स्नातकोत्तर र स्नातक तहका गरी ५६ हजार ७ सय १३ विद्यार्थी समेत दीक्षित भएको त्रिविले जनाएको छ।  

दीक्षान्त समारोहमा भिडियो क्लिप मार्फत सम्वोधन गर्दै त्रिविका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले दीक्षित विद्यार्थीहरुलाई राज्यको कल्याणमा संलग्न हुन आग्रह गरेका थिए।

उनले उच्चशिक्षामा त्रिभुवन विश्वविद्यालयले खेलेको अग्रणी भूमिकाको प्रंशसा गर्दै प्राविधिक दक्ष जनशक्ति निर्माण गरी मुलुकको रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह गरे। 

प्रमुख अतिथि पूर्वराष्ट्रपति डा. रामवरण यादव शिक्षाको अवसरवाट कोही वन्चित हुन नपरोस भन्दै शिक्षालाई केही व्यक्ति वा वर्गमा सीमित गर्न नहुने बताए। उनले मुलुकमा गरिखाने शिक्षाको टड्कारो आवश्यकता रहेको उल्लेख गर्दै राज्यले शिक्षामा लगानी गर्न कञ्जुस्याइँ गर्न नहुने बताए। 

प्रकाशित: Dec 21, 2020| 09:55 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्