सोमबार, भदौ २२, २०८३

अस्पतालको पाँच तलाबाट खसेर मृत्यु

चुच्चेपाटीस्थित स्तुपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– चुच्चेपाटीस्थित स्तुपा अस्पतालको निर्माणाधीन भवनको पाँचौँ तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ। निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा आफूले टेकेको रड खुस्किएर भुइँमा पछारिएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा लगिएको थियो। 

अस्पतालले मृत घोषणा गरिसकेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए। मृतकका आफन्तको पहिचान गरी सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। 

–रासस

प्रकाशित: Dec 21, 2020| 08:50 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।