सोमबार, भदौ २२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सरकारले युगान्तकारी काम गरेको छ, तर पार्टीभित्रकै विपक्षीले देखेनन् : प्रधानमन्त्री

सरकारले युगान्तकारी काम गरेको छ, तर पार्टीभित्रकै विपक्षीले देखेनन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले युगान्तकारी काम गरेको दाबी गरेका छन्। 
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले युगान्तकारी काम गरेको दाबी गरेका छन्। 

आज सोमबार जनताका नाममा सम्बोधन गर्दै ओलीले सरकारले दूरमागी महत्वका र युगान्तकारी काम गरेको भए पनि आफ्नै दलका नेताहरुले विरोध गरेको गुनासो गरे।

उनले संसदलाई छलफल गर्न नदिई नेकपाकै नेताहरुले रोकेर राखेको आरोप समेत लगाएका छन्। ‘सरकारले युगान्तकारी र दूरगामी महत्वको काम गरेको छ। तर प्रतिपक्षीलाई समेत उछिनेर नेकपाकै नेताहरुले विरोध गर्नुभयो। नकारात्मक मनोविज्ञान बनाउने काम गर्नुभयो। संसद्लाई छलफल गर्न नदिई रोकेर राख्नुभयो,’ उनले भनेका छन्, ‘पछिल्ला केही महिनायता सरकारले कस्तो घेराबन्दीमा रहेर काम गर्नुपर्यो सबैलाई थाहा नै छ।’ 

उनले नेपालले विकासका सूचकमा प्रगति गरेको र कतिपय सूचकमा फड्को मारेको दावी समेत गरे। उनले शान्तिसुरक्षा अवस्था सुधार भएको भन्दै देश स्थायित्व समृद्धितर्फ जाँदा पार्टी खुसी हुनुपर्नेमा घेराबन्दी गरिएको बताए। 


 

प्रकाशित: Dec 21, 2020| 09:56 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।