काठमाडौं– सोमबार सेयर बजार परिसूचक (नेप्से) ३०.३३ अंकले बढेको छ।
आज २०२ कम्पनीको १ करोड २३ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ६९ करोड ८८ लाख रुपैयाँ बढीको कारोबार भएको हो।
सेन्सेटिभ ७.०१ अंकले बढेर ३७६.५६ विन्दुमा पुगेको छ।
आज बैंकिङ समूहको सूचक २१.०६, विकास बैंक १४.६६, जलविद्युत् २५.१४, फाइनान्स ३.०८ अंकले बढेको छ।
त्यस्तै निर्जिवन बिमा समूहको सूचक ७५.२५, उत्पादन १४१.८७, अन्य ३८.१९, माइक्रोफाइनान्स ३४.५३ र बिमा समूहको सूचक २०२.५५ अंकले उकालो लागेको छ।
व्यापार समूहको सूचक ३७.३३, होटल २३.०५ र म्युचुअल फण्डको सूचक ०.०२ अंकले घटेको छ।
आज एनआईसी एसिया बैंकका लगानीकर्ताले बढी कमाएका छन्। त्यस्तै नारायणी विकास बैंकका लगानीकर्ताले बढी गुमाएका छन्।