काठमाडौं– नेपाल कम्युनिस्ट पार्टीले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णयबारे निर्वाचन आयोगलाई जानकारी गराएको छ।
नेकपाका नेताहरू लीलामणि पोखरेललगायतले सोमबार निर्वाचन आयोगमा पुगेर जानकारी पत्र दर्ता गराएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले बताए।
नेकपा स्थायी कमिटीको आइतबारको बैठकले संसद् विघटको विरोध गर्दै अस्वीकार गर्ने निर्णय गरेको थियो। यस्तै पार्टी अध्यक्ष ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय गरेको थियो।