बिहीबार, असोज १, २०८३

कात्तिकमा ७८ अर्ब ८६ करोड रेमिट्यान्स भित्रियो

चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स ११.२ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिट्यान्स ११.२ प्रतिशतले बढेर ३ खर्ब ३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनामा मात्र नेपालमा ७८ अर्ब ८६ करोड रुपैयाँ भित्रिएको हो। 

चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ९२ अर्ब ७० करोड रुपैयाँ रहेको रेमिट्यान्स भित्रिएको थियो। 

त्यस्तै दोस्रो महिना भदौमा ७२ अर्ब ४० करोड र असाजेमा ९३ अर्ब १३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो। 

कात्तिक सम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या ७५.८ प्रतिशतले कमी आएर १९ हजार २५१ जना रहेको छ।

अघिल्लो वर्ष भने सोही अवधिमा यो संख्या ५.६ प्रतिशतले बढेको थियो। 

वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ६७.९ प्रतिशतले कमी आएर २५ हजार ९३१ जना मात्र रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख गरिएको छ। 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ९.१ प्रतिशतले बढेको थियो।

प्रकाशित: Dec 21, 2020| 10:02 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्