बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नयाँ कोरोना भाइरस भेटिएपछि बेलायतमाथि थुप्रै देशको प्रतिबन्ध

नयाँ कोरोना भाइरस भेटिएपछि बेलायतमाथि थुप्रै देशको प्रतिबन्ध

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलिएपछि थुप्रै देशले प्रतिबन्ध लगाएका छन्।
 |  सोमबार, पुस ६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस ६, २०७७

काठमाडौं- बेलायतमा नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण फैलिएपछि थुप्रै देशले प्रतिबन्ध लगाएका छन्।

National life

पछिल्लो पटक हङकङले पनि बेलायतमाथि प्रतिबन्ध लगाएको छ। स्वीटजरल्याण्ड, जर्मनी, इटलीलगायतका अधिकांश युरोपेली देशले प्रतिबन्ध लगाइसकेका छन्। ती देशमा बेलायतबाट हुने सबै उडानलाई निशेष गरिएको छ।

आज फ्रान्सले पनि बेलायतको सीमा बन्द गरिदिएको छ। ४८ घण्टाका लागि भन्दै सीमा बन्द गरिदिएपछि सामान बोकेका सयौँ लरीहरु रोकिएका छन् भने पानी जहाज तथा डुंगामा यात्रारत यात्रुहरु अलपत्र परेका छन्। उनीहरु डोबर बन्दरगाहमै रोकिएका छन्।

बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि बेल्जियम, दि आइरिस रिपब्लिक तथा क्यानडाले पनि प्रतिबन्ध लगाउने भएका छन्।

अस्ट्रिया पनि बेलायतमाथि प्रतिबन्ध लगाउने तयारीमा छ भने बुल्गेरियाले हिजो मध्येरात देखि नै बेलायतका सबै उडान निषेध गरिदिएको छ।

Laxmi sunrise bank
kumari

बेलायतमा गत २४ घण्टामा ३५ हजार ९२८ नयाँ संक्रमित थपिएका छन्।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले नयाँ प्रकृतिको कोरोना भाइरस निकै शक्तिशाली रहेको र यसको संक्रमण फैलिने दर ७० प्रतिशतसम्म रहेको बताएका छन्।

प्रकाशित: Dec 21, 2020| 10:13 सोमबार, पुस ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।