मोरङको उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रवीण बास्तोलाको शंकास्पद मृत्यु प्रकरणमा मुख्य अभियुक्त बनाइएका ३२ वर्षीय राजेश रणपेहलीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत मोरङले आदेश दिएको छ।
नेकपा (एमाले) का केन्द्रीय सदस्य, सांसद तथा पूर्वमन्त्री लालबाबु पण्डितले प्रतिनिधिसभाको यो कार्यकालभरि नै नेकपा एमालेको नेतृत्वको सरकार रहने दाबी गरेका छन्।
जनता समाजवादी पार्टी संसदीय दलका प्रमुख सचेतक लक्ष्मणलाल कर्णले आफ्नो पार्टीका सांसद रेशम चौधरी तथा अन्य नेता–कार्यकर्तालाई जेलबाट छुटाउनका लागि सरकारको नेतृत्व गरिरहेको दलसँग वार्ता भएको बताएका छन्।
पाकिस्तान महिला च्याम्पियनसिप खेल्न नेपालबाट त्यहाँ पुगेकी नेपाली खेलाडी सरु लिम्बूले ह्याट्किसहित १० गोल गरेपछि मासा युनाइटेडले सिलकोट महिला फुटबल क्लबलाई १९–० गोलले हराएको छ।
सर्वोच्चको फैसलाले एमाले र माओवादी केन्द्र बिउँताइदिएपछि सत्तारोहणका लागि परिस्थिति परिपक्व बन्दै गएको निष्कर्षमा देउवा पुगेको उनी निकट एक नेताले सुनाए।